prakash-sharan-mahatकाठमडौ २६ भदौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणको तयारी लागि परराष्ट्र मन्त्री डा प्रकाशशरण महत आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

उहाँ दिउँसो साढे ४ बजेको उडानबाट नयाँ दिल्ली जानुहुने भएको छ । प्रधानमन्त्रीले आउँदो बिहिबारदेखि भारतको ४ दिने भ्रमण गर्दै हुनुहुन्छ । त्यही भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि उहाँ आज जान लाग्नु भएको हो ।

भ्रमणका कतिपय एजेण्डाका विषयमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा पनि मन्त्री महतले भारतीय अधिकारीहरुसँग छलफल गर्नुहुनेछ ।