सन्तोष दहित / सौराहा चितवन
थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले दाङ शाखा उत्कृष्ट घोषणा गरेको छ । चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा थारु पत्रकार संघ दाङलाई घोषणा गरेको हो । कार्यक्रममा दाङका अध्यक्ष सन्तोष दहितलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
img_0186

संघले विस्तार गरेको जिल्लाहरु मध्ये दाङ क्रियाशीलताको आधारमा संख्यात्मक र गुणात्मक हिसावले अधिक कार्यक्रम गरेकोले शाखालाई सम्मान गरेकोथियो । यसैविच कार्यक्रममा ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका गणेश चौधरीलाई प्रदान गरेको छ ।  थारुका समसमायिक मुद्दा र टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा पनि निरन्तर थारुका मुद्दा उठाइरहेका उहाँलाई सम्मान पत्र सहित नगद ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार थारु पत्रकार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो ।

नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका फाउन्डर तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएकोथियो । सोही ट्रस्टबाट सांसद चौधरीले वर्षेनी ११ हजार एक सय ११ रुपैयाँको पुरस्कार घोषणा गर्नुभएकोथियो ।
यसैगरि कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ओएसिस मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. चौधरीले थारु पत्रकारिता पुरस्काका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थपना गरिदिने घोषणा गनुर््भएकोथियो । 41

उहाले थारु पत्रकारहरुलाई प्रोत्साहस्वरुप उक्त अक्ष्यकोष रकम दिन लागेको बताउनुभयो  । ‘पहिलोपटक हाम्रो ठाउँमा आएर राष्ट्रिय भेला गर्दै हुनुहुन्छ । यही अवसरमा थारु पत्रकारहरुलाई प्रोत्साहनस्वरुप एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्ष्यकोष स्थापना गरिदिन घोषणा गर्दछु,’ कार्यक्रममा सम्बोधन गर्दै उहाले भन्नुभयो ।

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको अध्यक्षतामा तथा समाजसेवि  एवम ओएसिस मेडिकल कलेज चितवनका अध्यक्ष डा मनोजकुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोथियो । कार्यक्रममा बोल्ने वक्ताहरुले थारु जातिको मुद्दालाई स्थापित गर्नलाई थारु पत्रकार संघले महत्पुर्ण भुमिका खेलेको बताएका थिए । त्यसैगरि थारु समुदायको अधिकारको लागि सवै थारुहरु एक हुनुपर्ने कुरामा जोडदिएकाथिए । कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरी, एमाले प्रतिनीधि जयजनक चौधरी, माओवादी केन्द्रको प्रतिनीधि विष्णुकुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय बासुदेव चौधरी लगायतले बोल्नुभएकोथियो ।

त्यस्तै एक दिने भेलाले ९ बुँदे घोषाणा पत्र पनि जारी गरेको छ । भेलाले नेपालको संविधान २०७२ ले थारु समुदायलाई छुट्टै कलस्टरको व्यवस्था गरेकाले नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन माग गरेको छ । त्यस्तै थारु बाहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको संरचना गर्न माग पनि भेलाले गरेको छ । भेलाले टीकापुर घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । ‘२०७२ भदौ ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुहरुलाई तत्काल रिहाई गरियोस् । घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेहलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस,’ घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै भेलाले रेशम चौधरीको फूलबारी एफएम सञ्चालनमा ल्याउन पनि सरकारसँग माग गरेको छ । ‘टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफएम जलाइएको छ । त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस् । लिजमा लिएर एफएम सञ्चालन गरिरहेका पत्रकार योगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस्,’ घोषणा पत्रमा उल्लेख छ । भेलाले पत्रकारको न्युनतम पारिश्रमिक दिन पनि सञ्चारमाध्यम सञ्चालनकर्तासँग अनुरोध गरेको छ । नेपाल सरकारको रातो किताबमै प्रकाशन भइसकेकाले भेलाले न्युनतम पारिश्रमिक दिन आग्रह गरेको हो ।