प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रलेसको प्रदेशस्तरिय कार्यक्रम दाङमा गर्नका लागि तयारी गर्ने भएको छ । प्रलेस दाङको शनिबार घोराहीमा बसेको बैठकले प्रदेश स्तरिय कार्यक्रम गर्नका लागि तयारी गर्ने निर्णय गरेको हो ।
indexप्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतमा बसेको बैठकले दाङ जिल्लामा रहेका प्रलेसको केन्द्रीय समितिका सदस्य र पार्षदहरुसंग बसेर प्रदेश नं. ५ को भेला दाङमा गर्नका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको थियो । जसका लागि समन्वय गर्न प्रलेस दाङका अध्यक्ष शरद अधिकारी र सचिव खगेश्वर भण्डारीलाई जिम्मा दिइएको छ ।

बैठकले प्रलेसको बार्षिक मुख पत्र बहिङ्गाको नयाँ अंक प्रकाशन गर्ने निर्णय गरेको छ । जसका लागि प्रधान सम्पादकमा अध्यक्ष अधिकारी, सम्पादक मण्डलमा उपाध्यक्ष डिल्ली मल्ल, सचिव खगेश्वर भण्डारी र कोषाध्यक्ष छविलाल कोपिलालाई जिम्मेवारी दिइएको छ । यस्तै सम्पादन सहयोगीमा श्याम चिस, शालिकराम रजौरे, संगीत बस्याल, नविन अभिलाषि, दिपा धिताल र शिवराज पन्थीलाई चयन गरिएको छ । बहिङ्गाको सल्लाहकारमा गिरीराज शर्मा, पुरुषोत्तम खनाल, शरद देवकोटा, केशव थापा, र टिकाराम उदासीलाई चयन गरिएको छ ।

बैठकले प्रलेस दाङका सह सचिव आस्था केसीले कार्यव्यस्तता जनाउदै उपस्थितिका लागि अशमर्थता जनाउनुभएकाले उहाँलाई स सम्मान विदाई गर्दै सह सचिवको जिम्मेवारी कार्य समिति सदस्य नविन अभिलाषिलाई दिएको छ । बैठकमा विगतमा गरिएका कामको समिक्षा गरेको थियो । यस्तै आगामी असोजको २१ गतेका दिन गोविन्द चिसको स्मृति दिवसमा तुलसीपुरमा दाङ जिल्लामा नाट्य लेखनको अवस्थाका बारेमा छलफल गर्ने निर्णय गरिएको बैठक पछि सचिव खगेश्वर भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा नाटक लेखनमा सक्रिय डिल्ली बस्नेत संगीतले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ छ भने कार्यक्रमको संयोजकका रुपमा शालिकराम रजौरेलाई जिम्मेवारी दिइएको छ ।

यस्तै आगामी कार्यक्रम अन्तरगत कात्तिकको महिनामा मनाइले लक्ष्मी जयन्ती कार्यक्रम अन्य साहित्य संघ संस्थासंग समन्वय गरेर गर्ने निर्णय गरिएको सचिव भण्डारीले जानकारी दिनुभयो । बैठकमा सल्लाहकार पुरुषोत्तम खनालले बोल्नुभएको थियो ।