दाङ जिल्ला फोटोग्राफर एशोसियसनको नवौ साधारण सभा आज शनिवार सम्पन्न भएको छ । एशोसियसनले देउखुरीको जखेरा तालमा एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । एशोसियसनका अध्यक्ष बसन्त जोशीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणीज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा साधारण सभा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले फोटोग्राफर एशोसिएनले सामाजिक कार्यमा लगानी थालेकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

14265093_1115769358514388_678562462335262718_n

फोटोको माध्यमबाट ईतिहासलाई जिउदो राख्नकालागी फोटोग्राफरहरुको महत्वपूर्ण भूमीका रहने उहाँको भनाई थियो । बुढाथोकीले दाङलाई प्रदेश नम्बर ५ को केन्द्र बनाएर फोटोग्राफर एशोसियसनलाई विस्तार गर्न अनुरोध गर्नुभयो । जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसार फोटोको माध्यमबाट गर्न सकीने भएकाले यसमा ध्यान दिन उहाँले फोटोग्राफरहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी, दाङ निर्माण व्यवसायी संघका कार्यवाहक अध्यक्ष गोपाल घिमीरे, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रीयासन, महासंघका सदस्य आर.के.शीतल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एशोसियसनको विकासकालागी महत्वपूर्ण भूमीका निर्वाह गर्ने फोटोग्राफरहरु घनश्याम केसी, गणेश दंगाल, प्रकाश केसी, खुमानन्द पौडेल, नारायण खनाल, दोर्ण कार्की, तेजप्रसाद खनाल, शिवराज अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एशोसियसनको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव घनश्याम केसीले जिल्ला एशोसियसनको क्षेत्र विस्तार गर्दै प्रदेश नम्बर ५ फोटोग्राफर एशोसियसन केन्द्रिय कार्यालयको रुपमा विकास गर्न योजनामा रहेको जानकारी दिनुभयो । एशोसियसनको वर्तमान कार्यसमितिले सुरजजंग रायमाझी संयोजक र सुदिप खड्का सदस्य सचिव रहेको ९ सदस्यीय तुल्सीपुरमा उपसमिति तथा  घनश्याम न्यौपाने संयोजक र ठाकुर खनाल सदस्य सचिव रहने गरि देउखुरी उपसमिति विस्तार गरेको महासचिव केसीले बताउनुभयो ।

साथै एशोसियसनले जिल्ला प्रशासन कार्यालयमा निर्माण गरेको खानेपानी ट्यांकी मर्मत गर्नुपर्ने भएकाले ट्यांकीको पुननिर्माणकालागी उपाध्यक्ष गणेश दंगाल संयोजक रहने गरि प्रकाश ेकसी र प्रविण डिसी सदस्य रहेको समिति गठन गरेको बताउनुभयो । यस्तै एशोसियसनका कोषाध्यक्ष हुमबहादुर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष गणेश दंगालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव घनश्याम केसीले गर्नुभएको थियो ।