भीमदत्तनगर,२५ भदौ । कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० कुतियाकवरका स्थानीय तीनजनालाई भारतीय नागरिकले घरमै पसेर निर्घात कुटपिट गरेका छन् ।

kutiyaसिमावर्ती भारतीय गङ्गाली कलौनी गाउँबाट शुक्रबार राति नेपाली बस्ती कुतियाकवर पसेका करिब आठ÷१० जनाको समुहमा आएका भारतीय नागरिकले उनीहरुमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय दोधाराचादँनीका प्रहरी निरीक्षक वीरेन्द्रबीर विकले जानकारी दिए ।

भारतीय नागरिकले स्थानीय तुलबहादुर सुनारको घरमा पसेर राति कुटपिट गरेका हुन् ।

कुटपिटबाट ५५ वर्षीय तुलबहादुर, उहाँका ३४ वर्षीय श्रीमती गीता र १५ वर्षीय नाति चन्दन घाइते भएका छन् । घाइतेलाई स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

रासस