काठमाण्डौ, २५ भदौ ।
प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न सरकारलाई ८ दिने अल्टिमेटम दिनुभएको छ । . केसीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा ऐन नआउँदा आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदन विपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने खोजिएको आरोप लगाउनुभएको छ ।Dr.-Govinda-KC

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई महाअधियोग लगाउनु पर्ने आफ्नो माग सुनुवाई हुनुको साटो सार्वजनिक महत्वको प्रस्तावमाथि समेत छलफल नभएको तथा चिकित्सा शिक्षा ऐन अघि नबढेको उहाँको आरोप छ ।

आफूसँग भएको सम्झौता उल्टाउने षड्यन्त्र भइरहेको डा. केसीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । डा. केसीले अहिलेसम्म आफूसँग भएको सम्झौता अक्षरश कार्यान्वयन नभए असोज ३ गतेदेखि पुनः आमरण अनसन बस्ने घोषणा गर्नुभएकोछ ।।