पर्वत, २५ भदौ ।पर्वतको धाइरिङ–३ ठुलोपहिरोमा आज भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । ग १ ज ५१०२ नम्बरको जीप सडकबाट झण्डै ६० मिटर तल पल्टिदा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।accident

म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ–९ का ५० बषिर्य दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रम्ख शेखर खनालले जानकारी दिनुभयो । पानी परिरहेका बेला घुम्तिमा वे्रक फेल भएर जीप पल्टिएको प्रहरीले जनाएको छ ।।