काठमाण्डौ, २५ भदौ । नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने भएको छ । हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन गर्न लागेको हो ।
सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने छ । खाद्य सुरक्षा तथा पर्यावरण संरक्षण अहिलेको आवश्यकता भएकाले सम्मेलन आयोजना गर्न लागिएको हार्डनका अध्यक्ष रत्न थापाले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न देशका मौरी विशेषज्ञ तथा वैज्ञानिकको सहभागिता रहनेछ ।।










