काठमाण्डौ, २४ भदौ ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले प्रधानमन्त्री समक्ष आफ्नो राजिनामा वुझाएका छन । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काफ्लेले प्रवन्ध निर्देशकवाट आफ्नो राजीनामा बुझाएका हुन् ।mukesh-kafle

काफ्लेको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको भन्दै विहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो । त्यसको भोलिपल्टै काफ्लेले आज प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

काफ्ले सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । काफ्ले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।।