दाङ, २४ भदौ । दाङ घोराहीस्थित एक विद्यालयले विद्यालयमा अध्ययनरत एक छात्रमाथि कुटपिट गरेको भन्दै विप्लव निकट अखिल क्रान्तिकारी दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । घोराहीको गोरखा इन्टरनेश्नल उमाविले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत छात्र अमिस वस्नेतलाइ झ्यालवाट वाहिर हेरेको आरोपमा निर्घात कुटपिट गरेको सो संगठनका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीले जानकारी दिनुभयो ।
अध्यक्ष जिसी र सचिव मदन केसीले एक पे्रस विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । विज्ञप्तीमा छात्र वस्नेतलाइ झ्यालवाट वाहिर हेरेकै आरोपमा शिक्षक शुभाष पाण्डेले निर्घात कुटपिट गरी गम्भिर घाइते वनाएको उल्लेख गरिएको छ । साथै अभिभावकवाट दोषीलाइ कारवाहीका लागी स्कुल प्रशासनसंग माग गर्दा वेवास्ता गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सो संगठनले उक्त घटनाको यथासिघ्र सत्यतथ्य छानविन गरी दोषिलाइ कारवाही गर्न माग गरेको छ । अन्यथा संगठन यस विषयमा चुप लागेर नवस्ने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ । केहि हप्ता पहिले दाङको तुलसीपुर स्थित बाल एकेडेमीमा पनि विद्यार्थीलाइ कुटपिट गरी घाइते वनाइएको कुरा सेलाउन नपाउँदै भएको उक्त घटनाप्रति क्रान्तिकारीको ध्यानाकर्षण भएको हो ।।
