भदौ, २४ भदौ । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको हवाइ आक्रमणमा मृत्यु भएको छ । वरिष्ठ नेता सकरावको एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।syariya

अल नसुराका नेता जवता फते सामले ट्वीटरमार्फत् कमान्डर सकरावको मृत्यु भएको बताएका हुन् । तर कुन देशले गरेको सैन्य हमलामा उनको मृत्यु भएको हो भन्ने खुलाइएको छैन । यो समूह पहिले अल कायदासँग नजिक थियो ।

सिरियाली विद्रोहीमाथि रसिया र अमेरिकाले हवाई हमला गर्दै आएका छन् । अबु ओमर सकराव र अन्य विद्रोही संगठनलाई एलेप्पो शहर नजिकैको कफर नाहा गाउँमा लक्षित गरी हवाई हमला भएको थियो । उक्त हमलामा अन्य विद्रोही समूहका वरिष्ठ नेता पनि मारिएको हुनसक्ने आशंका गरिएको छ ।।