दिप वहादुर घर्ती
जाजरकोट, २४ भदौ । जाजरकोटको खलंगामा गत आइतबार तीजको दिन होटेलमा भएको आगलागीमा परी गम्भीर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । आगोमा जलेर गम्भिर घाइते भएका संगीता होटेलका संचालक मानसिंह खत्रीको उपचारका क्रममा किर्तिपुर अस्पताल काठमाण्डौमा मृत्यु भएको हो ।
होटलको एक कोठामा रहेको पेट्रोलियम पदार्थको पसलवाट सल्केको आगोले तीज मान्न माइत गएकी खत्रीकी छोरी संगीता खत्री वोहोराको यसअघि घटनास्थलमै मृत्यु भएको थियो । खलंगा सदरमुकाम स्थित शान्ति चौतारामा रहेको संगीता होटलमा भएको आगलागीमा परी घाइते भएका अन्य ३ जनाको पनि काठमाण्डौमा उपचार भइरहेको छ ।।
