दाङ, १७ बैशाख
ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमणी चौधरीले महिलाहरुले आफ्नो पहिचान खोज्नुपर्ने बताउनुभएको छ । शुक्रवार हापुरेमा भएको लघु वित्त कार्यक्रमका प्रमुखहरुसंग गोष्ठीलाई सम्बोधन गर्दै उहाँले महिलाहरु निर्णायक तहमा पुगीसकेको अवस्थामा सबै महिलाहरुले आफ्नो पहिचानका लागि आवाज बुलन्द पार्न आग्रह गर्नुभएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र अन्तर्गत सञ्चालन भएको लघु वित्त कार्यक्रम अन्तर्गत हापुरे शाखामा गठन भएका महिला बचत समुहका प्रमुखहरुसंग बार्षिक समीक्षा गोष्ठी गरेको थियो । शाखा प्रबन्धक राजनमणी परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै महिलाहरु आर्थिक रुपमा सम्पन्न हुनुपर्ने बताउनुभयो ।
आर्थिक रुपमा सफल नभए सबैको हेलाको पात्र बन्नुपर्ने बताउँदै अध्यक्ष चौधरीले न्युन लगानीमा अधिक फाइदा लिन सक्नुपर्ने बताउनुभयो । ग्रामीण महिला उत्थान केन्द्रको लघु वित्त कार्यक्रमकी बरिष्ठ सुशीला गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुको आर्थिकोर्जनका लागि लघु वित्त कार्यक्रमले स्थानीय तहमा प्रभावकारी काम गरेको बताएका थिए ।।