काठमाण्डौं, १७ बैशाख ।
जेठ १५ भित्र बजेट तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ । सिंहदरवारमा सांसद, नेता तथा प्रतिनिधि मण्डलको योजना तथा बजेट आफ्नो क्षेत्रमा पार्न ब्यस्तता वढेको छ । स्थानीय स्तरवाट प्राथमिक्तामा परेका योजनाहरुलाई केन्द्रमा सरकारले वनाउने वार्षिक बजेट, निति तथा कार्यक्रममा समावेस गर्न राजधानी आएको सर्वदलीय तथा सर्वपक्षिय प्रतिनिधि मण्डलले दाङ जिल्लाका विभिन्न १५ वटा विकासका योजनाहरुलाई अघि सारेको छ ।
नेपाल सरकारले दाङको उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णयको कार्यान्वयन सहीत लमही–कोईलावास सडक कालोपत्रेको योजनालाई पनि प्राथमिक्तामा राखीएको छ । लमहीमा अन्र्तराष्ट्रिय क्रिक्रेट मैदान निर्माण, घोराही–मूर्कुटी–प्यूठान सडक कालोपत्रे, धर्ना गाविसमा प्रादेशीक औद्योगीक क्षेत्र निर्माण घोषणा गर्न माग गरिएको छ ।
घोराही नगरपालीका १० मा बहुउद्देश्यीय सभा गृह निर्माण, घोराही नगरपालीका २ गुलरीयामा प्रादेशीक रङ्गशाला निर्माण, ववई नदी, कटुवाखोला, ग्वारखोला र सेवार खोलामा जलासय युक्त वहुउद्देश्यीय आयोजना निर्माण, वेल्झुण्डीमा प्रादेशीक रङ्गशाला निर्माण, तुलसीपुर नगरपालीकामा बहुउद्देश्यीय सभागृह निर्माण, टरीगाउँ विमानस्थलको स्तरोन्नती र धावनमार्ग विस्तार, प्रादेशीक ईन्धन डिपोको कार्यान्वयनको माग गरिएको छ ।
लमही नगरपालीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी अस्पताल निर्माण, दाङ जिल्लालाई सफा सुन्दर र हरीत जिल्ला निर्माणकालागी विशेष कार्यक्रम, त्रिपुर नगरपालीकामा वैकल्पीक अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको लागी जग्गा अधिग्रहण गर्ने योजनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग आफुहरुले मन्त्रि तथा शिर्षस्त नेतृत्व समक्ष राखेको एकिकृत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्यले जानकारी दिनुभयो ।
यसैविच, उरहरी जसपुर हेमनगर ग्वार खोला सिचाई जलउपभोक्ता समितिले प्रधानमन्त्रि केपी शर्मा वलीलाई भेट गरी योजना छनौंट तथा बजेट समावेस गर्न आग्रह गरेको छ । तिन करोड ५३ लाखको लगानीमा सिचाई आयोजना सञ्चालनको स्टीमेट वनेको छ । उक्त आयोजना सञ्चालनकालागी सर्वदलीय सर्वपक्षयि टोली डेलीगेसनमा काठमाण्डौं आएको हो ।।