दाङ, बैशाख १७
प्रेस चौतारी नेपाल दाङको आयोजनामा शुक्रवारेखि चार दिने आधारभुत पत्रकारीता तालिम घोराहीमा सुरु भएको छ । ब्यबस्थापिका सांसद युवराज ज्ञवालीको क्षेत्र विकास कोषको सहयोगमा सुरु भएको तालिमको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ ।
चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षता तथा सांसद अनारकली मियाको प्रमुख आतिथ्यता एब प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एब राप्ती अञ्चल प्रमुख सविन प्रियासन र सांसद प्रतिनिधि कृष्ण भुसालको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद अनारकली मियाले भौतिक विकासले मात्रै समृद्धि हुन नसक्ने भन्दै सुचनाको अधिकार र विस्तार पनि समाज विकास र समृतिको आधार रहेको बताउनु भयो । समाज र राष्ट्रको विकासका लागि कलम चलाउन आग्रह गर्दै मियाले सुचना प्रबाहको माध्यमलाई बलियो बनाउन आबस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारीताको विकास र विस्तारको लागि नयाँ पुस्ताको यसक्षेत्रमा आगमन हुन आबस्यक रहेको बताएका छन । सुचनाको अधिकारलाई स्थापना गर्नको लागि धेरै भन्दा धेरै नागरीक सुसुचित बनाउन सञ्चार क्षेत्रमा काम गर्नेहरुको उल्लेख्य सहभागिता हुनुपर्ने बताएका छन ।
चौतारी दाङका उपाध्यक्ष सगीत बस्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब बसन्त विवश आचार्यले गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागिता रहेको छ भने प्रशिक्षकहरुमा सुर्दशन रिजाल, शरद अधिकारी, देविका घर्ति मगर, ईन्द्र डिसी, निमुसंगम घर्ति, संगीत बस्याल, जेएन सागर, भुवन देबकोटा, टीका बस्नेत, दशरथ घिमिरे रहनु भएको छ ।।
