काठमाण्डौ, २३ भदौ । नेकपा माओवादी केन्द्र संम्बद्ध विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्वियू क्रान्तिकारीले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य कम भएको हुनाले मूल्य घटाउनु पर्ने गलायतको माग राखेर निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई पाँच बुदेँ माग पत्र बुझाएको हो ।petrolराज्यको ९८ प्रतिशत भन्दा बढि लगानी रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति, वितरण र मूल्य निर्धारणमा ध्यान दिनुपर्ने सो संगठनले बताएको छ । मूल्य निर्धारण नहुदा जनताको जनजीवनमा प्रत्यक्ष असर परको बताउदै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाईनुपर्ने बताए ।petrol-e1456919970555

नजिकिएको चाडपर्वलाई मध्यनजर गर्दै जनतालाई विशेष सहुलियतमा एलपी ग्याँस,डिजेल, पेट्रोल लगायतका पदार्थहरु सहजरुपमा वितरण हुने वातावण बनाउनुपर्ने, पछिल्लो अवस्थामा घटेको मूल्यमा अनुसारको विक्री गरिनु पर्ने,चाडपर्वको अवधिमा हुने अभावको अवस्थालाई मध्यनजर गर्दै सहज आपूर्तिको वातावरण बनाइनुपर्ने लगाएतका मागहरु संगठनले अगाडि सारेको छ ।।