घोराही २३ भदौ । दैनिक जीवनमा काम लाग्ने शिक्षा नै आजको आबस्यकता रहेकोमा जोड दिइएको छ । आज परेको ३७ औ शिक्षा दिवस तथा ५० औ साक्षरता दिवसका अवसरमा दाङको घोराहीमा आयोजित समारोहमा सहभागीहरुले यस्तो वताएका हुन । नेपालमा शिक्षालाई मौलिक हकभित्र राखेपनि व्यवहारीक र जीवन उपयोगी नभएको उनिहरुको भनाई छ ।
नागरिकहरुलाई शिक्षा प्रति आकर्षित गर्दै सजिलै जीवन जिउन सक्ने सिपयुक्त शिक्षा आजको आवश्यकता भएकोमा उनिहरुको जोड थियो । दिवस दाङ लगायत देशैभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष एवं स्थानिय बिकास अधिकारी रमेश गौतमको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेकोे प्रमुख आतिथ्यतामा कार्यक्रम कार्यक्रममा सहायक शिक्षा अधिकारी रुद्रमणि रेग्मीले जिल्लाको शैक्षिक अबस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
दाङमा अहिले ४ सय २१ सरकारी र २ सय २३ वटा निजि गरि ६ सय ६४ वटा बिद्यालयमा एक लाख ५० हजार बिद्यार्थीहरु अध्ययनरत रहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै दाङमा आधारभुत तहमा शिक्षकको तुलनमा बिद्यार्थी संख्या थोरै र माबि तहमा बिद्यार्थीको तुलनामा शिक्षकको संख्या थोरै रहेको छ ।
एक जना शिक्षक बराबर ४५ जना बिद्यार्थी हुनु पर्ने भएपनि आधारभुत तहमा एक जना शिक्षक बराबर २६ देखी ३५ जना बिद्यार्थी रहेका छन् । माद्यामिक तहमा भने एक जना शिक्षक बराबर ६० देखी ७४ जना सम्म बिद्यार्थी संख्या रहेको सहायक शिक्षा अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
साथै दाङमा साक्षरताको दर ९७ प्रतिशत रहेको छ भने भौतीक प्रगती ९८ र वित्तीय ९४ प्रतिशत रहेको रेग्मीले बताउनुभयो । यसैबिच उमेर हदका कारण सेवाबाट अबकाश पाएका ३४ जना शिक्षक र २ जना स्रोत व्यक्तिलाई शिक्षा दिबसको अबसरमा सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै गतबर्ष शिक्षा मन्त्रालयले प्रदान गरेको पदक र प्रशंसा पत्र पनि सोही कार्यक्रममा बितरण गरिएको छ ।।