lahure-kholaतुलसीपुर २३ भाद्र ।  तुलसीपुर १ भएर बग्ने लाहुरे खोलाले बगाउदा एक ब्यक्तिको मृत्यू भएको छ ।

हिजो बुधबार खोला तर्नेक्रममा बगेका तसलसीपुर १० का ४० बर्षीय खड्क सिंह वली आज बिहिबार बिहान मृत अबस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले दिएको जानकारी अनुसार उहाँको शव श्रीगै कुलोमा भेटिएको हो । उहाँको शवलाई पोष्टमार्टमका लागि अहिले अञ्चल अस्पताल तुलसीपुरमा ल्याईएको छ ।