भदौ, २३ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले दक्षिण पूर्वी एसियाली मुलुकमा कुपोषणको अवस्था विकराल बन्दै गएको भन्दै समस्या तत्काल सम्बोधन गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ । डब्लुएचओको दक्षिण पुर्वी एशियाली क्षेत्रीय कमिटिको श्रीलंकामा जारी बैठकले कुपोषणको दोहोरो बोझ बढ्दै गएको निष्कर्ष निकाल्दै न्यूनीकरणमा विशेष पहल गर्नपर्नेमा जोड दिएको हो ।
शरीरलाई आवश्यक पोषणको कमी रहेपनि अनाश्यक मोटोपना बढ्दै जाने तथा सन्तुलित पोषणको अभावमा विभिन्न खाले नसर्ने तथा दिर्घरोग बढ्दै गएकाले कुपोषणको दोहोरो बोझ रहेको बैठकको ठम्याई छ । दक्षिण पुर्वी एशियाली मुलुकहरुमा जन्मेदेखि ५ बर्षसम्मका ६ करोड बालबालिकामा विभिन्न खालको कुपोषण पाइएको डब्लुएचओको तथ्यांक छ ।
त्यस्तै, ८८ लाख बालबालिकामा भने कुपोषणकै कारण उमेर भन्दा बढी तौल भएको पाइएको छ । सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न सदस्य राष्ट्रहरुले सन् २०२५ सम्म आफ्नो मुलुकबाट सबै खाले कुपोषणको अन्त्यका गर्न लागि प्रतिबद्ध हुनुपर्ने बैठकले निश्कर्ष निकालेको छ ।।
