जनकपुर, भदौ २३ । धनुषाको यदुकोहामा परिवारका चार जनामाथि धारिलो हातियार प्रहार गरी लुटपाट भएको छ । यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा आक्रमण गरी बुधबार राति एक समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।khukuri

प्रहरीका अनुसार राति १ बजे ६ जनाको संख्यामा आएका डाँकाको समूहले आयोधी दास तत्मा, उहाँकी श्रीमती फूलकुमारी देवी, छोरी प्रमिला र रिंकुलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । उनीहरुको टाउको तथा शरीरको विभिन्न भागमा डाँकाले धारिलो हतियार प्रहार गरेका हुन् ।

घाइते चारै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । डाँकाले नगद एक लाख रुपैँया र ५० हजार मूल्य बराबरको सुनचाँदीको गरगहना गरी डेढलाख भन्दा बढीको धनमाल लुटेर लगेका छन् । घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।।