मुग्लिन २२ भदौ । नारायणगढ मुग्लिन सडकमा १२ दिन मा चार सवारी त्रिशुलीमा खसेका छन् । मंगलवार विहान दुई जनाको मृत्यु हुनेगरी त्रिशुलीमा ट्रक खसेको २४ घण्टा पनि नहुँदै मंगलवार राति नै त्रिशुलीमा अक्र्रो ट्रक खसेको थियो ।
यो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । भदौ १० गते यता यस अघि एक यात्रुवहाक बस र एक ट्रक त्रिशुलीमा खसी सकेका थिए ।











