काठमाण्डौ, २३ भदौ । प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन् । उनीहरुले स्थानीय तह पुनर्संरचना आयोगमा तीन दिनभित्र स्थानीय प्राविधिक समितिमार्फत प्रतिवेदन पठाउन आ–आफ्ना जिल्ला कमिटीलाई निर्देशन दिने सहमति गरेका छन् ।deuba-oli-prachanda

तीन दिनभित्र सहमति खोजेर प्रतिवेदन पठाउन सहयोग गर्न सबैले जिल्ला कमिटीलाई निर्देशन दिइने एमाले स्थायी समिति सदस्य किरण गुरुङले जानकारी दिनुभयो । एमालेले स्थानीय तहको चुनाव गर्ने सर्तमा सरकारको तयारीलाई सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

प्रमुख तीन दलको हिजोको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरानै संरचनाका स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनुभयो । तर, एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरूले पुरानो संविधान अनुसारको चुनावका लागि गरिने संविधान संशोधन अमान्य हुने अडान राख्नुभयो ।।