काठमाण्डौ, २३ भदौ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्तत : प्रचण्ड सरकारमा जाने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि दुई मन्त्री र दुई राज्यमन्त्रीलाई पठाउने तयारी गरेको छ । सरकारमा जाने विषयलाई लिएर पार्टी नै फुट्ने सम्भावना बढेपछि अध्यक्ष विजयकुमार गच्छदार मन्त्री पठाउन तयार हुुनभएको छ ।
गच्छदारले उपप्रधानसहित दुई मन्त्रालय पाए मात्र सरकारमा जाने अडान लिदै आउनु भएको थियो । तर, गच्छदारले आफू मन्त्री नपाए सरकारमा नजाने नीति लिएको भन्दै अन्य नेताहरुले पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारी गरेपछि उहाँ यसविषयमा लचिलो देखिएको वताइएको छ ।
गच्छदारले मन्त्रालयबारे कुराकानी हुन बाँकी रहेको र विकास निर्माणका मन्त्रालय दिन प्रयास गर्ने वताउनुभयो ।।