घोराही, २३ भदौ
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना र पंक्षी संरक्षण संघको आयोजनामा विहिवार रामपुर चरिंगे दहमा गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ । गिद्ध संरक्षण महोत्सव आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सेचतना दिवसको मनाइएको हो ।gidda

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकृतिको कूचीकार गिद्ध संरक्षणबाट मानव स्वास्थ्यमा फाइदा हुने भएकाले यसमा लाग्नुपर्ने बताएका थिए । मरेको जनावर पाँच मिनेटभित्र खाइसकेर पर्यावरणीय सफाइमा महत्वपूर्ण भूमिका खेल्ने गिद्ध संसारबाट लोप हुन थालेको भन्दै यसको संरक्षण गर्न समुदायस्तरबाटै काम गनुपर्ने पनि उनीहरुले बताए ।

नेपालले दश बर्षअघिदेखि शुरु गरेको गिद्ध संरक्षण अभियानलाई अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय पंक्षी संरक्षण संघको विश्व सम्मेलनले मान्यता दिएकोमा पनि संरक्षणकर्मीहरुले खुशी व्यक्त गरेका छन् । केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा एवं जिल्ला वन कार्यालयका उपसचिव जीवन पंगेनीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।।