देउखुरी, २३ भदौ । राप्ती नदीको जहरे घाटमा झोलुङ्गे पुल वनेपछी राजपुर गाविसको वडा नं. ५ जङ्ग्रहवा र सतवरीया गाविसको वडा नं. ७ जहरे जोडीएको छ । झोलुङ्गे पुल वाट मानिसहरु आवत जावत गर्न सुरु गरेका छन् ।rapti

लमही र घोराहीमा दुध विक्रि गर्न जाने किसान देखी औषधी उपचारको लागी अस्पताल पुग्ने अनि किनमेल गर्न बजार आउने र गाउँ जानेहरुलाई झोलुङ्गे पुलले सहज वनाएको छ । जहरे घाटमा झोलुङ्गे पुल वनेपछी वेला गाविसको केही गाउँ र राजपुर गाविसको ९ वटै वडाका वासिन्दालाई सजिलो भएको छ ।

त्रिशुली कन्ट्रक्सन प्रालीले एक करोड ५१ लखको लागतमा राजपुर सतवरीया झोलुङ्गे पुल वनाएको हो । एक सय ४९ मिटर लामो पुलको भार वहन क्षमता ५९ मेक्ट्रीक टन र चार सय ९० पदयात्री रहेको छ । पुलको डिजाईन ईन्भाईरो टेक कन्सल्टेन प्रालीले गरेको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग सस्पेन्स वृज डिभिजन वाट पुल निर्माण भएको छ ।।