दाङ, २३ भदौ । प्रतिनिधि छनौट हुन नसकेका स्थानमा नेकपा एमाले दाङले आज प्रतिनिधि छनौट गर्ने भएको छ । जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट हुन बाँकी रहेका स्थानमा अनिवार्य रुपमा प्रतिनिधि छनौट गर्न पनि एमाले दाङले सम्वन्धित कमिटीलाई अनुरोध गरेको छ ।
नेकपा एमाले दाङका अध्यक्ष जोगवहादुर रानाले जिल्ला कमिटीले गत १७ गतेका लागि जिल्लाभर प्रतिनिधि छनौटको मिति तय गरिएको भएपनि विभिन्न कारणले हुन नसकेकाहरुलाई भोलीसम्म प्रतिनिधि छनौट गरेर नामावली पठाउन भनिएको बताउनुभयो ।बाँकी रहेका २० प्रतिशत जति स्थानमा आज प्रतिनिधि छनौट गरिने उहाँले जानकारी दिनुभयो । एमाले अध्यक्ष रानाले जिल्ला कमिटी सचिवालयको बैठक पनि आज लागि पोलाइएको र बैठकले अधिवेशनको तयारीका लागि विभिन्न निर्णयहरु गर्ने ।बताउनुभयो ।
एमाले दाङले आगामी भदौको २५ गते देखि तुलसीपुरमा अधिवेशन गर्ने भनि निर्णय गरेको भएपनि केन्द्रीय नेताहरुको व्यस्ततालाई मध्यनजर गर्दै केही दिन पर सर्न सक्ने पनि बताइएको छ । यद्दपी जिल्ला कमिटीले यो निर्णय भने गरिसकेको छैन ।।











