कास्की, २३ भदौ ।
गएरातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले पोखरा लेखनाथ–४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । Pahiroराति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी हिजो मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।