कञ्चनपुर, २३ भदौ
प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडौं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षका हेमन्त भनिने हिक्मत थापालाई प्रहरीले महेन्द्रनगर बजारक्षेत्रबाट पक्राउ गरेको हो ।
थापाले बेदकोट नगरपालिका– १३ का पदमराज भण्डारी र मिथुन रानाबाट रकम लिई ठगी गरेका थिए । पीडित युवकको जाहेरीका आधारमा थापालाई भदौ २० गते पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।।











