रौतहट, २३ भदौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनितिक भागवण्डाले देशमा विकासका काम हुन नसकेको बताउनुभएको छ । उहाँले विकासको मुद्दामा राजनितिक दलहरु पार्टी स्वार्थभन्दा माथि उठेर एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
जापानको सहयोगमो गंगापिप्रामा निर्माण गरिएको नेपाल जापान मैत्री सामुदायिक भवनको उदघाटन गर्दै नेता नेपालले विकासका लागि सबै दलबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । जापान सरकारको ९७ लाख र जनश्रमदानबाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड २१ लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदूत मासासी ओगावाले उदघाटन गर्नुभएको हो ।
चिनियाँ राष्ट्रपतिको सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर सुनेको भन्दै उहाँले यो दुखद भएको बताउनुभयो । भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर, भ्रमण रद्द हुन नदिन सरकारले पहल गर्नु पर्ने बताउनुभयो ।।











