कुसुम बिक/बर्दिया
बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुदा ३ जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला गोला गाविस ९ बाट ताराताल तर्फ आउदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल आज बिहान करिव ४.३० बजेको समयमा मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकलमा सवार ४ जना घाइते भएका छन् । घाइते मध्य गोला ९ घर भएका वर्ष ३५को तपेन्द्र ऐडिको उपचारको लागि जिल्ला अस्पताल गुलरिया बर्दियनमा ल्याउदै गर्दा बाटो मै ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका ३ जना मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गम्भिर घाइते भएका गोला गाविस ९ का वर्ष २८ को मंगल थारु र वर्ष २८ कै राजकुमार थारुको जिल्ला अस्पताल गुलरिया बर्दियामा उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले बताउनु भएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका गोला ९ का खड्क प्रसाद अधिकारी उपचार पछि घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
