भदौ २२, दाङ । सिंचाइ मन्त्री दीपक गिरीलाई दाङको तुलसीपुर उद्योग वाणिज्य संघले ५१ किलोको माला लगाएर स्वागत गरेको छ । बुधवार तुलसीपुरमा स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष विमल रिजालसहित संघका पदाधिकारीहरुले मन्त्री गिरीलाई स्वागत गरेका हुन् ।

14256605_10206940796910263_706720765_nमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएको गिरीले कार्यक्रममा आफू सधै दंगाली जनताको आर्थिक समाजिक विकासको पक्षमा भएको बताउनुभयो । ‘म पहिले पनि दाङको निम्ति, दंगाली जनताको निम्ती काम गरिरहेको थिए, अहिले पनि त्यसैको पक्षमा छु, पछि पनि दंगाली जनताकै लागि काम गर्नेछु’, उहाँले भन्नुभयो ।

उनले यहाँका व्यावसायीहरुका समस्याहरुलाई समाधान गर्न आफनो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यहाँको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने पनि सिंचाइ मन्त्री गिरीले बताउनुभयो । अहिले पनि दाङको सायौ हेक्टर क्षेत्र सिंचाइ सुविधाबाट वञ्चित रहेको उल्लेख गर्दै मन्त्री गिरीले त्यस क्षेत्रमा सिंचाइ सुविधा पु¥याउनका लागि आफूले पहल गर्ने र त्यसका लागि विशेष योजनाहरु ल्याउने बताउनुभयो ।