दाङ, २२ भदौ ।
आज १३ औं निजामति सेवा दिवस, निजामति कर्मचारीले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । Nijamati-Kitabkhanaअहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ ।