काठमाण्डौ, २२ भदौ । 
नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरु पनि पक्राउ पर्दै गएका छन । छ वर्षको अवधिमा १५ हजार लागुऔषध ओसारपसारमा संलग्न तथा प्रयोगकर्ताहरु पक्राउ परेका छन । जस्मा भारतीय नागरीकको सङ्ख्या अत्यधिक रहेको तथ्याँकले देखाएको छ ।lagu aausadh'

सन् २०११ देखि २०१६ अगस्टसम्मको ६ वर्षको नेपाल प्रहरीको तथ्याङ्क अनुसार यस अवधिमा १५ हजार ४ सय ९६ जना लागुऔषध ओसारपसारमा संलग्न अपराधी पक्राउ परेका छन् ।

सन् २०११ मा दुई हजार एक सय ७४ जना, सन् २०१२ मा दुई हजार ६ सय, सन् २०१३ मा दुई हजार ६ सय ७३, सन् २०१४ मा दुई हजार ९ सय १८, सन् २०१५ मा दुई हजार ६ सय ५६ र सन् २०१६ को अगस्ट अन्त्यसम्ममा दुई हजार चारसय ७५ जना व्यक्ति लागुऔषधको ओसारपसार र प्रयोगको क्रममा पक्राउ परेका छन ।

लागुऔषध ओसारपसारको क्रममा उल्लेख्य मात्रामा भारतीय नागरिक पक्राउ परेका छन् । यो अवधिमा ७ सय २७ पुरुष र ३६ महिला गरी ७ सय ६३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।।