इन्द्रेणी संवाददाता
दाङ १७ बैशाख
सहिदमार्ग अन्तर्गत घोराही होलेरी सडक मर्मतको काम अगाडी बढ्न नसक्दा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । दिनप्रतिदिन सडक जिर्ण बन्दै जाँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन भने सडक छेउका बस्तीहरु समेत समस्यामा परेका छन् ।

download

सडक कालोपत्रे गर्ने टेन्डर परे लगत्तै निर्माण कम्पनीले काम सुरु गर्ने भनिएपनि कामले तीब्रता पाउन सकेको छैन । गत मंसिरबाट कालोपत्रेको काम सुरु गरिने भनिए पनि निर्माण कार्य सुस्त गतिमा अगाडि बढ्दा निर्माण कम्पनी हालसम्म कच्चा पद्धार्थ जुटाउने कार्यमा मात्रै सीमित रहेको छ ।

प्रत्येक वर्षमा वर्षात लगत्तै मर्मत हुँदै आएको सडकमा यसवर्ष कालोपत्रेको योजना सञ्चालनले मर्मत समेत हुन नसक्दा सडक झन जिर्ण बनेको छ ।केही ठाउँमा निर्माण कम्पनीले मर्मत गरिदिए पनि चुनढुंगा बोक्ने ट्रिपर धेरै चल्ने भएकाले बाटो मर्मत गर्न सम्भब नै नभएको निर्माण कम्पनीले बताएको छ ।

धुलो, ठुलाठुला खाल्डाखुल्डी र ढुङ्गा उछिट्टीने गर्दा यात्रुहरुले सास्ती भोग्दै आईरहेका छन । सोनापुर सिमेन्ट उद्योगका कच्चा पदार्थ ओसार्ने ट्रिपरका कारण सडक बढी बिग्रने गरेको छ । सडक जीर्ण हुँदा सवारी साधनहरु गन्तव्यमा पु¥याउन धेरै समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ ।।