प्युठान, १७ बैशाख
जिल्ला पशु सेवा कार्यालय दाङले प्युठानको स्वर्गद्धारी आश्रममा पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा आश्रममा रहेका ५ सय ७ गाइ र तिनका वाच्छा वाच्छीको स्वास्थ्य परिक्षण गरिएको थियो ।

feature

शिविरमा नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसियसनको केन्द्रिय कार्यसमितिले निशुल्क औषधी उपलव्ध गराएको थियो ।

नेभ्लाका क्षेत्रीय उपाध्यक्ष ललित कुवंर, दाङ जिल्ला अध्यक्ष निमकुमार आचार्य, सदस्यहरु भिम केसी, शिवराज न्यौपाने र प्युठानका पशु प्राविधिकहरुको समेत सहभागितामा शिविर सम्पन्न गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक खिम वहादुर वस्नेतले जानकारी दिनुभयो ।।