रेखा मगर
दाङ, १७ बैशाख
दाङको तुलसीपुरमा पुजाको प्रसाद र खाना खाँदा १६ जना विरामी परेका छन । तुलसीपुर नगरपालिका १ राम्रीमा स्थानीय रोमप्रसाद सिंजाली र अर्का एक जनाको घरमा लगाइएको पुजामा प्रसाद र खाना खाएका आफन्तहरु विरामी परेका हुन ।विरामीहरु मध्य ११ जना उपचारपश्चात घर फर्किएका छन भने अन्य ५ जनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुमा झाडापखला लाग्ने, ज्वरो आउने, वान्ता हुनेलगायतको समस्या देखिएको छ ।
अस्पतालमा उपचार भइरहेकाहरुमध्य ३६ वर्षकी रुपा वुढा, १८ कवर्षकी डिला वुढा, ५० वर्षकी गोमा विक, ३९ वर्षका सुक वहादुर वुढा र ३६ वर्षका सीता आचार्य रहेको अञ्चल अस्पताल तुलसीपुरका इमरजेन्सी शाखाका कर्मचारी मिथुन रेग्मीले जानकारी दिनुभयो ।
गएराति लगाईको लाखवत्ति पुजामा सहभागीहरुले वाहिर वाट मगाईको खाना र प्रसाद खाएका थिए ।।