काठमाण्डौ, १७ बैशाख
पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ । ब्रेन ट्युमर भएपछि डेढ वर्षदेखि उपचाररत क्षेत्रीको गएराति अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । लामो समय उज्यालो एफएममा कार्यरत क्षेत्री प्रेस युनियनका सचिव समेत हुनुहुन्थ्यो ।
०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो । स्याङ्जा घर भएका क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् । क्षेत्रीको आज काठमाडौंमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।
आमा बुवा गृह जिल्ला स्याङ्जामै आएपछि दाहसंस्कार गर्ने तयारी छ । श्रद्धाञ्जलिका लागि उहाँको शवलाई बिहान राष्ट्रिय प्रज्ञाभवनमा राखिने भएको छ । यसैबीच नेपाल प्रेस युनियनले क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।।
