दाङ, २१ भदौ । 
चोरी मुद्धाका फरार व्यक्ति ५ बर्ष पछि पक्राउ गरी कारागर चलान गरिएको छ । २०६९ साल बैशाखमा मोटरसाईकल चोरी मुद्धामा फरार रहेका घोराही ९ बाहुनडाँडाका २३ वर्षे बिर वहादुर परियारलाइ जिल्ला प्रहरी कर्याालयको टोलीले पक्राउ गरेको हो ।arest

पीडित केशव कुमार वलीको जाहेरीले हाल घोराही १ रावतगाउँ बस्दै आएका परियारलाई दाङ देउखुरी जिल्ला अदालतको फैसला अनुसार ६ महिना कैद र १ लाख ८५ हजार जरिवाना तोकिएको थियो ।

सजाय सुनाइए पश्चात फरार रहेका परियारलाइ प्रहरीले पक्राउ गरी अदालतमा दाखिला गरिएकोमा तोकिएको जरिवाना भुक्तान गर्न नसकेको कारण ४ बर्ष कैद सजायका लागी घोराही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।।