ओमप्रकाश गुप्ता
सिसहनियाँ २१ भदौ । देउखुरीको सिसहनियाँ ५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ के.जी तौल भएको अजिङगर फेला परेको छ । सोमवार राती सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु चौधरीले सो अजिङगर फेला परे पछि परिवार र छिमेकीहरुको सहयोगमा रात भरि गाउँमै राखी परिवारले कालापानी सामुदायिक वनमा खवर गरेका थिए ।

snake1सामुदायिक वनले खवर पाए लगत्तै जिल्ला वन कार्यालय अन्र्तगत गढवा सेक्टर वन कार्यालयमा खवर गरेका थिए । गाउँमा अजिङगर फेला परेका खवर पाए पछि मंगरवार विहान गढवा सेक्टर वन कार्यालयका ससत्र वन रक्षकहरु देवराज अधिकारी, कुलबहादुर थकाली र महगु चौधरीको नेतृत्वमा आएको टोलीले अजिङगरलाई गाडीमा हालेर मंगलवार नै बागनाथ बाबा सामुदायिक वन गोवरडिहामा छोडेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । सो अजिङगर सामुदायिक वनबाट गाउँमा आएको हुन सक्ने गाउँलेहरुले बताएका छन्