Gorakhpur-Mahotsav-41
फाइल तस्वीर

सिद्धेश्वरी पहिलो बृहत् साँस्कृतिक महोत्सव सल्यानमा शुरु भएको छ । सर्बब्यापी युबा क्लबको आयोजनामा आज बाट सल्यानको सिद्धेश्वरी ७ फलाटेमा रहेको बालकल्याण माबिको प्राङगणमा उक्त महोत्सव शुरु भएको हो । लोक सँस्कृतिको संरक्षण र सम्बृद्र्धन गर्ने मूख्य उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । क्लबका अध्यक्ष प्रकाश चलाउनेको अध्यक्षता तथा सल्यानका स्थानिय बिकास अधिकारी रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी पौडेलले मौलिक कला र सँस्कृतीको जगेर्ना गर्नु आजको आबश्यकता भएको बताउनु भयो । उहाँले सल्यानमा लोक सँस्कृतिको संरक्षण गर्न सर्बब्यापी युवा क्लबले यति ठूलो साँस्कृतिक महोत्सवको आयोजना गरेको भन्दै आयोजकलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

आज र भोली गरेर दुई दिन सम्म चल्ने साँस्कृतिक महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको कार्यक्रम संयोजक रेशम बुढाथोकीले जानकारी दिनुभयो । उहाँले आजको दिनमा चर्चित लोक तथा दोहोरी गायक भागीरथ भलाउने, तिलक वली, बलबीर चलाउने, हाँस्यकलाकार दिेनेश काफ्ले, मोडेल शरु गुरुङ लगाएतकाले प्रस्तुती राखिरहनु भएको जानकारी दिनु भयो ।

त्यस्तै भोली चर्चित लोक तथा दोहोरी गायीका भुमिका गिरी, रोषणी मल्ल, गायक रमेश क्षितिज गिरी लगाएतकाको प्रस्तुती रहने आयोजकले जनाएको छ । आजको कार्यक्रममा उल्लेख्य मात्रामा दर्शक स्रोताहरुको सहभागिता रहेको प्रचार बिभाग प्रमुख अर्जुन बोहोराले जानकारी दिनु भयो ।