दाङ, २१ भदौ । 
दाङमा प्रहरीले ६ किलो अवैध लागुऔषध गाँजा सहित १ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्ना गाविस ९ भैसापत्र निवासी वसन्त बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।jiprak

वलीले अवैध लागुऔषधको कारोबार गरिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको बिशेष प्रहरी टोलीले आफ्नै घरवाट नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीले वलीलाई अवैध लागुऔषध गाँजा कारोबार गर्न लागिरहेको अवस्थामा पक्राउ गरेको हो । कारोवारको समयमा पक्राउ परेका वलीमाथि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।।