काठमाण्डौ, २१ भदौ ।
पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा प्रहरीले भैंसेपाटी प्रभागका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले प्रहरी निरीक्षक अनिल पंडितलाई उक्राउ गरेको हो । गुप्ता र पंडितले कर्तब्य ज्यान मुद्दाकी फरार तारा रेग्मीलाई मिलमतोमा धम्काउँदै आएका थिए ।arestpozafrum-1417116645

ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले पीडितका रुपमा निवेदन दिने रेग्मीले पंडितको पहिचान गरेपछि पक्राउ गरेको बताए । उनका अनुसार पंडितले रेग्मी फरार अभियुक्त भएको जानकारी हुँदाहुँदै पक्राउ नगरी आर्थिक प्रलोभनमा परेका थिए ।

प्रहरीले पंडित बिरुद्द अपहरण तथा मानव शरिर बन्धक मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वमन्त्री श्याम सुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएकी महिला गीता ढकाल हत्याकाण्डकी आरोपी भएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार श्रीमती हत्या आरोपमा कारागारमा रहेका सशस्त्रका बर्खास्त डिआइजी रन्जन कोइरालासँगै आरोपी रहेकी तारा रेग्मीलाई गुप्ताले धम्काएका हुन् । घटनापछि फरार रहेकी रेग्मीले ११ महिना कैद सजाय भुक्तान गर्न बाँकी छ । प्रहरीले रेग्मीलाई सजाय भुक्तानका लागि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ ।।