
तीजको दिन दाङमा ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम विपरित सञ्चालन गरिएका ५० सवारी साधन र चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जसमा ३० वटा मोटरसाईकल, १० वटा ट्रक, ८ वटा जिपकार, १ बस र १ ट्रेक्टर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिहले जानकारी दिए । आईतवार मापसे गरेर सवारी साधन चलाउने ९ जना चालकहरुलाई पनि कारबाही गरिएको उनले बताए । उनीहरुको सवारी चालक अनुमतिपत्र९लाईसेन्स० पनि प्वाँल पारिएको सिंहले जानकारी दिए । सवारी कारवाहीबाट एकै दिन ३६ हजार ५ सय राजस्व शंकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले घोराहीले जानकारी दिएको छ ।
१५ टिप्पर कारवाहीमा
रुट परमिट बिना सञ्चालन भएका सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानीमा राखेको जानकारी दिएको छ । सोमवार मात्रै घोराही मुर्कुटी सडकखण्डमा सञ्चालन गरिएका १५ वटा टिप्परलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख सिंहले जानकारी दिए । सार्वजनिक सवारी साधन अन्तरगत कालो नम्मर प्लेटका सवारी साधनले अनिवार्य रुट परमिट लिनुपर्ने नियम विपरित उक्त सडक खण्डमा चल्ने सम्पूर्ण टिप्पर रुट परमिट बिना नै सञ्चालन भएको पाइएकोले १५ वटा टिप्परलाई कारबाही गरिएको उनले बताए । कारवाहीपछि १५ वटा टिप्परलाई रुट परमिटको बारेमा अवगत र सचेत गराइएको सिंहले बताए । कालो नम्बर प्लेटक सवारी साधनमा रुट परमिटको नियम लागु गराउन ट्राफिक प्रहरी लागि परेको उनले जानकारी दिए ।
तुलसीपुर क्षेत्रमा पनि दर्जनौ पक्राउ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले ट्राफिक नियम विपरित सवारी चलाउने साधन र व्यक्तिहरुलाई कारवाही गरेको छ । तीजको दिन र राति गरिएको चेकजाँचका क्रममा मापसे गरेर सवारी चलाउने सात जना व्यक्ति र २५ मोटरसाईकललाई पक्राउ गरिएको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए । ओभर स्पिड चलाउने, एउटा मोटरसाईकलमा तीनजना चढेका, हेलमेट नलगाएका र मापसे गरेका व्यक्तिहरुलाई पक्राउ पछि ट्राफिक जरिवाना गरिएको ईप्रका तुलसीपुरका प्रहरी निरक्षक खुमानन्द पाण्डेले जानकारी दिए । प्रहरी निरक्षक पाण्डेका अनुसार अनुसार होभर स्पिड चलाउने एउटा वस समेत नियन्त्रणपछि ट्राफिक जरिवाना पछि छोडिएको हो । पक्राउ परेका व्यक्तिहरुलाई त्यसरी सवारी चलाउँदा हुन सक्ने संभावित दुर्घटना, ट्राफिक नियम पालनाको महत्व सम्वन्धि प्रशिक्षण दिएर चेतावनीसहित छोडिएको प्रहरी निरीक्षक पाण्डेले बताए । तर मदिरा सेवन गरेर सात जना व्यक्तिहरुलाई भने उनीहरुका अभिभावक बोलाएर मात्रै छोडिने जानकारी दिएको छ ।











