
मदन पुरष्कार बिजेता कृति ‘जीवन काँडा कि फुल ‘ले नेपाली साहित्यकी ससक्त हस्ताक्षर झमक घिमिरे लाई डाक्टर झमक घिमिरे बनाएको छ । शारीरिक रुपमा अशक्त तथा औपचारिक शिक्षा प्राप्त नगरेकी अदभुत क्षमाताकी धनि घिमिरे लाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
नेपाली साहित्यमा असाधारण क्षमता भएकी साहित्यकार घिमिरेलाई विश्वविद्यालयले सम्मान स्वरुप मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।
