देउखुरी  । देउखुरीको सिसहनियाँ ९ बगरापुरमा तरकारी संकलन केन्द्रको भवन निर्माण गरिएको छ ।  अत्याधुनिक सुविधा सहितको सामुदायिक तरकारी संकलन केन्द्र तथा बहुउद्देश्य भवनको निमार्ण गरिएको छ । डब्लु डब्लु एफ, नर्ती सामुदायिक वन समन्वय समिति, सिसहनियाँ गाविस, समुदाय र विभिन्न संघ सस्थाहरुको अनुदानमा  १३ लाख ५० हजारको लागतमा उक्त भवन निमार्ण गरिएको हो ।

Tarkari
केन्द्रमा तरकारी संकलन देखि तरकारी बाली र खाद्यन्न बालीको बिउबिजन समेत पाइने छ । केन्द्रको भवण निर्माण भएसंगै त्यहाँका कृषकहरु खुसि भएका छन् । अब त्यहाँका किसानहरुले उत्पादन गरेको कृषि जन्य बस्तु सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता हट्ने कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीले बताए ।

तरकारी संकलन केन्द्र नहुदा उनीहरुले उत्पादन गरेको कृषि जन्य बस्तु  देउखुरीको प्रमुख व्यपारिक केन्द्र लमही र भालुवाङमा सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो । जस्ले गर्दा उनीहरुले लाखौ मुल्यको घाटा बेहोर्नु परेको थियो तर केन्द्रको भवन निर्माण भएसंगै अब त्यसो नहुने अध्यक्ष चौधरीले बताए । तरकारी संकलन केन्द्रमा चाडै बिग्रिने तरकारीजन्य बस्तुहरु भण्डारण गर्न सकिन्छ ।

भवन उदघाटन  
तरकारी संकलन केन्द्रको भवन सोमबार उदघाटन गरिएको छ ।   नव प्रतिभा कृषक सहकारी संस्था लिमिटेड बगरापुर र नर्ती सामुदायिक वन समन्वय समिती लमहीको संयुक्त आयोजनमा भवनको उद्घाटन गरिएको हो । सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवम् वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा। घनश्याम गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

तरकारी संकलन केन्द उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। गुरुङले तरकारी संकलन केन्द्र मार्फत किसानहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको सुरक्षा हुने भएकाले किसानहरुले प्रत्यक्ष फाईदा लिन सक्ने बताए ।  छिटै कुहिने तरकारीहरुलाई अब देउखुरीका किसानहरुले खेर फाल्नु पर्ने तथा सस्तोमा बेच्नुपर्ने बाध्यता टर्ने उनको भनाई थियो ।

संस्थाका व्यवस्थापक संगिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आयोजना सह—प्रर्वन्धक प्रदिप बुढाथोकी, नर्ती सामुदायिक वन समन्वय समिति लमहीका उपाध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी तथा बुद्धिजिवी देवनारायण चौधरी, डब्लु डब्लु एफका भाष्करदेव चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका कोषाध्यक्ष हरिप्रसाद चौधरीको विषय वस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हरिचन्द्र चौधरीले गरेका थिए ।