देउखुरी, २० भदौ ।
दाङको देउखुरीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन । राजपुर गाविस वडा नम्वर ९ वनकट्टि निवासी १६ बर्षिय गोमा ओली स्थानिय नेपुवा खोलामा मृत अवस्थामा फेला परेको चौगुवा प्रहरी चौकि राजपुरले जानकारी दिएको छ ।Dang-Deukhuri

हिजो तीजको दिन बाख्रा चराउन जङ्गल गएकी ओलि घर नफर्किएपछि आफन्तले खोजि सुरु गरेमा थिए । खाजेी गर्द जाँदा आज बिहान खोलामा डुवेको अवस्थामा गोमाको शव फेला परेको हो ।

खोला किनारमा ठुलो भिर रहेको र त्यहि भिरवाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले वताएको छ ।।