काठमाण्डौ, २० भदौ ।
पूर्वी पहाडी जिल्लाहरुमा बर्षा नरोकिएपछी सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएपछी सप्तकोसी नदीमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । आइतबार बाट सप्तकोशी नदीमा पानीको बहाव बढेपछी कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती वालिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।kosi-barrage

आइतवार बेलुका सप्तकोशी को पानीको बहाव २ लाख २९ हजार एकसय ४५ क्युसेक पुगेको एसपी खरेलले बताए ।पानीको बहाव उच्च हुदा समेत भारतको नियन्त्रणमा रहेको कोशी व्यारेजका सबै ढोका भने खोलिएको छैन् । कोशी ब्यारेजका ५६ ढोका मध्य २९ ढोका मात्र खोलिएका छन ।

सप्तकोसीमा पानीको बहाव बढपछी खतरा उत्पन्न भएको भन्दै सप्तकोशी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अवस्थामा परिचालन गरिसकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले बताए ।।