काठमाडौं १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, पुर्ननिर्माण तथा निर्वाचनसहितका आफूले अघि सारेका राष्ट्रिय प्राथमिकताप्रति अमेरिकाले सकारात्मक सहयोग र सदभाव राखेकोमा हार्दिक आभार प्रकट गर्नुभएको छ ।

DSC0234-848x478

आज साझ प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया, संविधानसभा चुनाव, नयाँ संविधान निर्माण, भुकम्प पीडितलाई राहत एवम् विकास निर्माणमा अमेरिकी सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि शान्ति प्रक्रियाको पूर्णता, संविधानको कार्यान्वयन, स्थानीय, प्रदेश र केन्दीय निकायको निर्वाचन एवम् पुर्ननिर्माण सहित विकास निर्माणका एजेण्डाहरुमा अमेरिकाको सहयोग र सदभाव रहने विश्वास व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले अघि सारेका राष्ट्रिय एजेण्डाप्रति समर्थन जनाउँदै सहायक विदेशमन्त्री निसा विश्वासले नेपालको प्रगति र सम्वृद्धिप्रति अमेरिकाले नजिकवाट सहयोग गर्ने वताउनु भयो ।