दाङ, १९ भदौ ।
दाङमा हर्षोल्लासका साथ परम्परागत हरितालिका तीज पर्व मनाइएको छ । हिन्दु नारीको महान पर्व हरितालिका तीजमा आज दाङका विभिन्न स्थानमा नाचगान र रमाइलोगरी मनाइएको छ । हरितालिकाको अबसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुँईचो लाग्यो ।DSC_5117

दाङका बिभिन्न शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुँईचो लागेको थियो । दाङ प्रहशरीले अहिलेसम्म तीजमा कुनै अप्रिय घटना नभएको जानकारीदिएकोछ । हरितालिकाको अबसरमा सरकारले आज महिलालाई सार्बजनिक विदा समेत दिएको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वासमा नारीहरु मनोकामना पैैुरा हुने आकांक्षा सहित व्रत बस्ने गर्दछन् ।

आजको दिन अविवाहित महिलाले सुयोग्य पति र विवाहित महिलाले पतिको सुस्वास्थ्य, दिर्घायु र पारिवारिक खुसीको कामना गरी निराहार व्रत बस्ने प्रचलन छ ।हरितालिकाको दिन अटल सौभाग्यको प्रतिकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितियाका दिन गएराति दर खाई आज तृतीयाका दिन सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तिजका अवसरमा दाङको घोराही सहित विभिन्न वजारमा र गाउँमा पनि नाचगान भइरहेको छ ।।