काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने धारणा दोहोर्याएका छन् ।
संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार मान्त्री निधिले फस्ट ट्रयाकको निर्माण देशको हितमा रहेको दाबी गरे । ‘म भौतिक योजना मन्त्री हुँदा फाट ट्रयाक निर्माण ठेक्का दिन भारतीय कम्पनीसँग विधिवत रुपमा प्रारम्भिक सम्झौता भएको थियो’, उनले भने, ‘तर यसअघिको सरकारले जोसमा परियोजना आफैं बनाउने निर्णय गर्यो ।’
तर सरकार आफैले यो काम गर्न सम्भब नभएको भन्दै यो काम सम्पन्न गर्ने हो भने भारत लाइ नै यसको जिम्मेवारी दिनुपर्छ ।











